काठमाडौं।
जापानको पश्चिमी क्षेत्रमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ ।
जापानको पश्चिमी क्षेत्रको विभिन्न इलाकामा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर अझै दर्जनौं व्यक्ति हराइरहेका छन् ।
वर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका स्थानबाट १९ लाख व्यक्तिलाई सुरक्षित स्थानतर्फ सारिएको छ । उद्धारका लागि हजारौंको प्रहरी र अग्नी नियन्त्रक खटिएका छन् ।
टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा रहेको मोतोयामा नगर बाढी र पहिरोको चपेटामा परेको हो । सो क्षेत्रमा अझै भारी बर्षा भइरहेको छ । बाढीले सयौं घर भत्काएको छ भने करोडौंको क्षति पुगेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 230