Aamsanchar

वीरता जेसीज जूनमा पनिः उत्कृष्ट

Author Image
आइतवार, असार २४, २०७५

बिर्तामोड।

झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ जून २०१८ एरिया ए’ को अवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।

वीरता जेसीजले व्यक्तित्व र नेतृत्व विकास तथा सामाजिक र मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजले आज आइतबार ९ असार २४ गते० उक्त घोषणा गरेको हो ।

नेपाल जेसीजले यसअघि पनि वीरता जेसीजलाई जेसीज अफ द मन्थ फेब्रुअरी,अप्रिल र मे को अवार्ड प्रदान गरिएको थियो । नेपाल जेसीजले वीरता जेसीजलाई ६ महिनाको अवधिमा पुनः चौथो पटक उत्कृष्ट शाखाको रुपमा पुरस्कृत गरेको हो ।

जून महिनामा वीरता जेसीजले सम्पन्न गरेका आधा दर्जन बढी विभिन्न कार्यक्रमलाई आधार मानेर नेपाल जेसीजले उत्कृष्ट शाखाको रुपमा अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।

वीरता जेसीजले व्यक्तित्व र नेतृत्व विकास तथा सामाजिक र मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ जून २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेकोमा वीरता जेसीजका अध्यक्ष एकराज गिरीले शाखालाई थप हौसला र आगामी दिनका लागि काम गर्न थप उत्साहित बनाएको बताए ।

अध्यक्ष गिरीले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, क्षेत्र ‘क’ का लागि नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विकास मानन्धर, निरुपित राष्ट्रिय उपाध्यक्ष रश्मी निरौला लगायत नेपाल जेसीजका बोर्डका पदाधिकारीहरुप्रति आभार व्यक्त गरेका छन् ।

त्यस्तै उनले वीरता जेसीजको यो उत्कृष्ट कार्यका लागि भूमिका निर्वाह गर्ने सन् २०१८ को बोर्ड, संयोजकहरु,सदस्यहरु,संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु, अन्य सहयोगी शुभचिन्तक सवैमा धन्यवाद ज्ञापन गर्दै अझ रचनात्मक कार्यकासाथ क्रियाशील रहन आग्रह गरेका छन् ।

नेपाल जेसीजमा देशभर एक सय ४२ शाखा छन् भने क्षेत्र ‘क’ मा ३७ वटा शाखा रहेका छन् । नेपाल जेसीजले हरेक महिना जेसीज शाखाहरुले सम्पन्न गर्ने कार्यसम्पादनको आधारमा उत्कृष्ट शाखा चयन गरी पुरस्कृत गर्दै आएको छ ।

१२ फेबु्रअरीमा गिरी नेतृत्वको टिमले वीरता जेसीजको नेतृत्व सम्हालेपछि व्यक्तित्व र नेतृत्व तथा सामाजिक र मानवीय सेवा क्षेत्रमा गरेको विभिन्न उत्कृष्ट कार्यलाई नेपाल जेसीजले मूल्यांकन गर्दै आएको छ ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर