

कनकाई नगरपालिका–७ मा रहेको झापाको पुरानो बजार मध्येको एक दुर्गापुर बजार आफैमा कुरुप भएर बर्षो बिताएपछी अहिले आएर एक शुन्दर आधुनिक बजार बन्न सुरु भएको छ ।

स्थानिय निकायको निर्वाचन पछि राष्ट्रव्यापी रुपका विकासको लहर चलेको वेला दुर्गापुर बजारलाई पनि समय साक्षेप परिवर्तन गर्न नगरपालिका, वडा कार्यालय र स्थानियको साझेदारीमा दुर्गापुर बजारलाई आधुनिक बजारको रुप दिन लागिएको वडा अध्यक्ष लिला कन्दङवाले बताए ।
Views: 241

