Aamsanchar

सभापति देउवाद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

Author Image
शुक्रवार, असार २९, २०७५

काठमाडौँ, 

नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक थाङपाल गाउँपालिका सल्लेमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीबाट भोताङ जाँदै गरेको लु१च ९९९ नंको जीप बिहीबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका थिए ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै सभापति देउवाले उक्त घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर