Aamsanchar

झापामा फुटबलको सट्टाबाजी, बिर्तामोडको हनुमान कम्प्लेक्सबाट तीन जना पक्राउ

Author Image
शुक्रवार, असार २९, २०७५

झापा ।

प्रहरीले विश्वकप फुटबलमा झापामा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएका प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई बिर्तामोड ५ स्थित हनुमान कम्प्लेक्सबाट पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ७ निवासी २८ वर्षीय मुस्ताक मिया, बिर्तामोड नगरपालिका ५ निवासी २६ वर्षीय अमित साह र बिर्तामोड ६ निवासी २२ वर्षीय संगम शिवाकोटी रहेको छ।

उनीहरूले प्रयोग गरेका मोबाइल फोन चेकजाँच गर्दा विभिन्न व्यक्तिहरूले रकम पठाएको एसएमएस फेला परेको उनले बताए। ‘रुसमा जारी विश्वकप फुटबल खेलमा कसले जित्ने र कसले हार्ने भन्दै उनीहरूले रकम राखेर बाजी खेलाउँदै थिए’, उनले भने, ‘सट्टेबाजी खेलाउने व्यक्तिको पहिचान गरी उनीहरूलाई पक्राउ गर्ने सफल भएका छौ।’

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर