Aamsanchar

झापामा लागुऔषधसहित दुई पक्राउ

Author Image
शनिवार, असार ३०, २०७५

झापा,

प्रहरीले झापाको भद्रपुरबाट लागुऔषध ओसारपोसार कार्यमा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोटाङ हलेसी गाउँपालिका ८ घर भई हाल भद्रपुर नगरपालिका ७ निवासी २१ वर्षीय राजु केसी र भद्रपुर नगरपालिका ९ घोडामारा निवासी २६ वर्षीय नरेन राजवंशी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ५ स्थित मेची पुलमा शनिवार चेकजाँचको क्रममा केसीलाई र भद्रपुर बजारबाट राजवंशीलाई लागुऔषधसहित पक्राउ गरेको हो।

भारतको गलगलिया नाकाबाट भद्रपुरतर्फ आइरहेका केसीको शरीर चेकजाँच गर्दा लागुऔषध ट्याब्लेट लुपिजेसिक ४६ एम्पुल, फेनारगन ४५ एम्पुल, डाइजेपाम ४६ एम्पुल, नाइट्रोजन १० र १० ग्राम गाँजा बरामद गरिएको उनले बताए।

त्यसैगरी प्रहरीले मे ९ प ७१२१ नम्बरको मोटरसाइकल सवार राजवंशीलाई शंका लागि भद्रपुर बजारमा चेकजाँच गर्दा उनको साथबाट ४ सय ग्राम बरामद गरिएको छ। यता पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर