Aamsanchar

झापाका पुराना पत्रकार खनालको दुर्घटनामा परी मृत्यु

Author Image
शुक्रवार, साउन ४, २०७५

बिर्तामोड ।

झापाका पुराना पत्रकार गोपीकृष्ण खनालको सवारी दुर्घटनामा परी निधन भएको छ ।

साइकलमा यात्रा गरिरहेका खनाललाई बिहीवार मे १ ज ६५८ नम्वरको जीपले ठक्कर दिएको थियो । विर्तामोड–२ चारपानेमा जीपले ठक्कर दिएपछि घाइते भएका खनाललाई उपचारका लागि तत्काल विर्ता सिटी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि साँझ बीएण्डसी अस्पताल रेफर गरिएका खनालको उपचारका क्रममा मृत्यु भएको हो ।

विर्तामोड–३ निवासी ७० वर्षीय खनाल झापाका अग्रज र पुराना पत्रकार हुनुहुन्थ्यो । उहाँले लामो समयसम्म नयाँकामना साप्ताहिक प्रकाशन गर्नु भएको थियो । साहित्यकार समेत रहनु भएका सिर्जनशील व्यक्तित्वका धनी खनालको निधनले सबै झापाली स्तब्ध भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)

सम्बन्धित खबर