Aamsanchar

ताप्लेजुङ, इलाम र सोलुखुम्बुमा केबलकारको अनुमती माग

Author Image
शुक्रवार, साउन ४, २०७५

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा देशका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि आवेदन परेको छ । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार निर्माण गरेपछि नेपालमा केबलकारको युग शुरु भएको थियो । मनकामनामा केबलकार चलेको लामो समयपछि मात्रै राजधानीमा चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएको छ ।

देशका एक दर्जनभन्दा बढी स्थानमा केबल निर्माण भइरहेको छ । दोलखाको कालिञ्चोक, पोखराको फेवातालदेखि सराङकोट र पाथीभरामा केबलकार निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ । पछिल्लो समयमा पाथीभरा मन्दिरसम्म पुग्नका लागि त्रिवेणी केबलकार प्रालिले प्रारम्भिक वातावरण अध्ययनको काम सम्पन्न गरेर इञ्जिनियरिङको काम गरिरहेको छ । सोही स्थानमा हिमाल दर्शन प्रालि र पाथीभरा देवी दर्शनले पनि अध्ययन गरिरहेको छ ।

यस्तै, सोलुखुम्बुको लुक्लामा सगरमाथा रोपवे प्रालिले अध्ययन गरिरहेको छ । इलाम पाथीभरा दर्शनको लागि पनि प्रक्रिया शुरु भएको छ । लुक्लादेखि नाम्चेसम्म केबलकार र रोपवे दुवै सेवा दिने गरी अध्ययन भइरहेको छ । मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकनका लागि मात्रै सहजीकरण गरिदिने र प्राप्त भएका आवेदनलाई हेरेर आवश्यक निर्णय गर्ने जनाएको छ ।

विगतमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केबलकारको निर्माणको अनुमति दिने गरेको थियो । पछिल्लो समय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमार्फत काम हुने गरेको छ । नेपालमा विशेष गरी स्वीटजरल्याण्ड, अष्ट्रिया, भारत र जर्मनीको प्रविधि भित्र्याउने गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 296

प्रतिक्रिया (०)

सम्बन्धित खबर