Aamsanchar

कानुनको उलंघन हुने क्रियाकलापमा संलग्न नहुन प्रहरीको आग्रह

Author Image
आइतवार, साउन ६, २०७५

काठमाडौं,

नेपाल प्रहरीले शान्तिपूर्ण रुपमा गरिने कार्यक्रमलाई सुरक्षा प्रदान गरिने भन्दै कानुनको उलंघन हुने क्रियाकलापमा संलग्न नहुन आग्रह गरेको छ ।

शनिबार बानेश्वरमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएका समाचार सार्वजनिक भएपछि प्रहरीले कानुनको पालनातर्फ सचेत गराएको हो । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न गराउन सबैसँ आग्रह गर्नुभयो ।

प्रहरी संगठन सधैं नागरिकको जीउ धनको सुरक्षामा दत्तचित्त रहने भन्दै उहाँले नागरिक सुरक्षाको प्रतिवद्धता जनाउनुभयो ।

शनिबारर तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा प्रहरी दमन नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । वानेश्वरको निषेधित क्षेत्र नतोड्न प्रहरीले गरेको अनुरोधलाई प्रदर्शनकारीले अटेर गरेपछि भिडलाई तितरवितर पार्न २३ राउण्ड अश्रुग्यास प्रहार गरिएको उहाँले बताउनुभयो । प्रदर्शनकारीले प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि बचाउका लागि अश्रुग्यास प्रहार गर्न बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो ।

शनिबार काठमाडौंमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा प्रहरीतर्फ ११ जना र प्रदर्शनकारीतर्फ तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जनभन्दा धेरै घाईते भएका थिए ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर