Aamsanchar

शक्तिसाली बमले पनि छुन नसक्ने भारतीय प्रधानमन्त्री मोदी चढ्ने यो कार

Author Image
सोमवार, साउन ७, २०७५

नयाँदिल्ली ।

शक्तिसाली राष्ट्रका प्रमुखहरु चढ्ने गाडीको निकै चर्चा हुने गर्दछ । त्यस्तै चर्चा  छिमेकी राष्ट्र भारतका  प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने कारको पनि चर्चा चलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चढ्ने कार कस्तो होला धेरैको चासो छ । मोदी जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले निर्माण गरेको कारमा सवार हुन्छन् ।

जानकारका अनुसार मोदी सवारी हुने कार बीएमडब्लू ७६० एलआइ हाइ सेक्युरिटी इडिसन । मोदी चढ्ने यो कार शून्य देखि १ सय किलोमिटर प्रतिघण्टाको दूरि ३ दशमलव ७ सेकेन्टमै तय गर्न सक्छ । बीएमडब्लूको यस्तो कार भारतमा पेट्रोल सिरिजमा ५ वटा र डिजेल सिरिजमा ३ वटामात्र रहेको छ । यो कारमा भी१२ लोगो रहेको छ । यसमा उड–वेस्ड अलकान्ट्रा सिट, आर्मरेस्ट र रुफ ह्यान्डल्स रहेको छ । उक्त कारको इन्टेरियर निक्कै आकर्षक र आरामदायी बनाइएको छ ।

यो कारमा ६.६ लिटर एम–पर्फमेन्स ट्वीनपावर टर्बो भी१२ पेट्रोल इन्जिन रहेको छ जसले ५ हजार ५ सय ५० आरपीएममा ८ सय एनएम टर्क दिन्छ । यो कारमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । बीएमडब्लूको एम७५० एलआइको ‘एक्टेरियर क्रोम ग्रिलिङ कल अराउन्ड’ रहेको छ । यसमा होरिजेन्टल एलइडी हेडल्याम्प, २० इन्च डुअल स्पोक अलो ह्वील रहेको छ ।

यो कार सुपर पावरफुल कार वर्गको कार हो । यो कारमा एके४७ को गोलीले समेत असर गर्दैन भने बस ब्लास्टमा पर्दा समेत यो कारमा कुनै असर पर्देन । सेल्फ–सलिङ फ्युल ट्यांकी यसको अर्को महत्वपूर्ण विशेषता हो । यो कारमा बम ब्लास्टमा पर्दा समेत भित्र कुनै असर पदैन ।

बीएमडब्लू एम७६० एलआइ कारको प्रतिघण्टा उच्च गति २ सय ५० किलोमिटर रहेको छ । यसमा भएको एम ड्राइभिङ मोडमा जाने हो भने प्रतिघण्टा अधिकतम ३ सय ५ किलोमिटरसम्म जान सकिन्छ ।-ओएस नेपालबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर