Aamsanchar

नेपाल र भारतबीच आज मैत्रिपूर्ण भलिबल खेल हुने

Author Image
बिहिवार, साउन १३, २०७३

काठमाडौं ।

volleyball-300x215

नेपाल र भारतको महिला टोलीबीच आज मैत्रिपूर्ण भलिबल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा भारतीय टोलीलाई रोक्ने लक्ष्य नेपालले लिएको छ ।

दक्षिण एसियाको शीर्ष टोली भारत विश्व भलिबलको वरियतामा ५७ औं स्थानमा छ । नेपाल भने हालसम्म वरियताविहीन रहेको छ । दक्षिण एशीयाली खेलकुद सागमा महिला भलिबलतर्फ तीन पटक सहभागिता जनाएको भारतले तिनैपटक स्वर्ण पदक जितेको छ ।

यसपटक मैत्रिपूर्ण खेललाई नेपालले आसन्न १३ औं सागको अभ्यासकै रुपमा लिएको छ । प्रशिक्षक सुदेशकुमार रिमालले तयार पारेको टोलीमा अधिकांश १२ औं साग खेलेका खेलाडीकै बाहुल्यता छ ।

पहिलो चरणमा १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर छनौट गरिएका १२ खेलाडीमा कुनै नयाँ अनुहार समावेश गरिएको छैन ।

तुलनात्मक रुपले आफूभन्दा बलियो टोलीसँग हुने मैत्रिपूर्ण खेलमा यसअघिको भन्दा सुधारिएको प्रदर्शन गर्ने लक्ष्य नेपालले राखेको छ । नेपालले आज र भोलि गरि भारतसँग दुईवटा मैत्रिपूर्ण भलिबल खेल खेल्न लागेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर