Aamsanchar

अझै पनि ७०० बालबालिका हिरासतमा

Author Image
शुक्रवार, साउन ११, २०७५

अमेरिका, 

गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेक्रममा बाबुआमाबाट अलग पारिएका बालबालिकालाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउन अदालतले तोकेको म्याद सकिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आदेशका कारण मेक्सिको सीमाबाट पक्राउ गरिएकामध्ये अझै ७०० भन्दाबढी बालबालिकालाई हिरासतमै राखिएको छ ।

परिवारको सदस्य भएको पुष्टी गर्ने कागजातको अभाव रहेका, आपराधिक पृष्ठभूमि भएका र सरुवा रोगबाट पीडित कतिपय अभिभावक आफ्ना बालबच्चा लिन अधिकारीसम्म पुग्न नसकेको बताइएको छ ।

यी बालबालिकाका अभिभावक अमेरिकाको नै विभिन्न स्थानमा छरिएर रहेका र केहीलाई भने उनका नै देशमा फर्काइएको हुनाले पुनर्मिलन प्रक्रिया थप जटिल भएको छ ।

अदालतको आदेशबाट पाँच वर्षसम्मका एक हजार ४४२ बालबालिका उनीहरुका आमाबाबुलाई बुझाइसकिएको छ । आप्रवासीसम्बन्धी ट्रम्पको नयाँ नीति लागू भएपछि २,५०० आप्रवासी बालबालिकालाई नियन्त्रणमा लिई सीमावर्ती क्षेत्रका हिरासतमा राखिएको थियो ।

बाल अधिकारको हनन भएको भन्दै चौतर्फी विरोध भएपछि बालबालिकालाई हिरासतमा राख्ने निर्णयबाट ट्रम्प प्रशासन पछि हटेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर