Aamsanchar

बस पल्टदा पिकनिक खान हिडेका कृषि विभागका विद्यापीठमा काम गर्ने ३३ जना कर्मचारीको मृत्यु

Author Image
आइतवार, साउन १३, २०७५

भारत ,

भारत महाराष्ट्रको चर्चित पर्यटकीय स्थल महाबलेश्वरको अम्बेनली घाटको पहाडी बाटोमा शनिबार बिहान करीब १० बजे २०० फिट तल खोंचमा बस खस्दा ३३ जनाको मृत्यु भएको छ । बसमा ३४ जना सवार रहेको अन्य घाईतेको उपचार भईरहेको भारतीय सञ्चार माध्यम आज तकले उल्लेख गरेको छ ।

महाराष्ट्रको रायगड जिल्लाको कलेक्टर विजय सूर्यवंशीले घटनाको पुष्टि गर्दै भने, ‘पोलडपुरमा बस खोंचमा खस्दा बसमा सवार ३४ जनामध्ये ३३ जनाको मृत्यु भएको हो ।’

बसमा सवार सबै कृषि विभागका विद्यापीठमा काम गर्ने कर्मचारी रहेको र उनीहरु सप्ताहान्त विदामा पिकनिक खान गइरहेका थिए ।घटनाको सूचना पाउनसाथ नेशनल डिजास्टर रेस्पोन्स फोर्स तत्काल घटनासथल पुगेर उद्दारको शुरु गेरको थियो । बाक्लो कुहिरोको कारण दुर्घटना भएको बताइएको छ । रायगढका प्रमुख जिल्ला अधिकारी र एसपी घटनास्थलमा पुगेका थिए ।

उता महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति शोक व्यक्त गरेका छन् । मुख्यमन्त्रीले ट्वीट गर्दै महाबलेश्वर बस दर्घटनामा ३३ जनाको निधन भएको खबरले दुखी भएको छु ।

उनले मृतकका परिवारजनमा संवेदना व्यक्त गरेका छन् भने घाइतेको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले स्थानीय प्रशासनलाई सबै प्रकारका आपतकालीन प्रयास गर्न निर्देशन दिएका छन् । वरिष्ठ अधिकारी र व्यवस्थापकले आफ्नो तरीकाले त्यसबारेमा काम गरिरहेको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर