सिधाकुरा जनता संगको २५५ औ शृंखलामा यो कुराको पर्दाफास भएको हो । काठमाण्डौ चोभारका उनले न्युज २४ टेलिभिजनको ‘सिआईडि रिपोर्टर’ पद सहितको प्रेस कार्ड बनाएका हुन् । यति मात्र हैन उनि काठमाण्डौको सोर्हखुट्टेमा रहेको फेवा होटल एण्ड रेस्टुरेण्टमा राति १ बजे छापा मार्न भन्दै पुगेका थिए । हेर्नुस उनको बिस्तृत रिपोर्ट समाबेस गरिएको सिधाकुरा जनता संगको २५५ औ शृंखला


मदिराको मातमा लट्ठ बनेर सो होटलमा पुगेका उनले आफु संग भएको न्युज २४ को नक्कली परिचयपत्र देखाउदै माथि क्यामेराले खिची रहेको छ, हामि रबिदाईको टिमबाट होटल सर्च गर्न आएको जस्ता कुरा गरेपछि नक्कली हो भन्ने संका गरेर होटल संचालकले प्रहरीलाई खबर गरेका थिए । तत्काल प्रहरीले त्रिपाठीलाई नियन्त्रणमा समेत लिए । त्यस्तै यो खबर सार्बजनिक भएपछी उनको फेसबुक आईडिमा पोस्ट गरिएको तस्बिर तथा स्टाटसहरुमा खिल्ली उडाउनेहरु बढिरहेका छन् ।

हिजो राति सम्म रहेको एक फोटोलाई भने उनले डिलिट गरेका छन् । माथिको जुन तस्बिरमा खिल्ली उडाउने र गालि गर्नेहरुको लर्को थियो । जुन कमेन्टहरुलाई हामीले क्याप्चर गरेका थियौ । अन्तत उनले नक्कली कार्ड बनाउने ठाउसम्म पुग्नु पर्यो भने त्यहाको कार्ड बनाउनेले पनि आफुले गल्ति गरेको भन्दै सिधाकुरा टिम संग माफी मागेका छन् । यता त्रिपाठीले पनि आफुले गल्ति गरेको भन्दै माफी मागे पछि प्रहरी हिरासतबाट रिहा भएका छन् ।



