Aamsanchar

लोग्नेले डिभोर्सपछि दिएको गुजारा भत्ता दिनभर अदालतमा गन्दा पनि सकिएन

Author Image
सोमवार, साउन १४, २०७५

काठमाडौं ।

सम्बन्ध विच्छेद्पछि पतिले जीवन गुजरा चलाउन दिइने रकम कति होला रु सामान्य होला सबैको सोच त्यही नै हुन्छ । तर, भारतमा भने डिभोर्सपछि पूर्वपतिले श्रीमतीलाई उपलब्ध गराएको रकम दिनभर अदालतमा गन्दा नसकिएको समाचार बाहिर आएको छ ।

पूर्व पतिले दिएको गुजारा भत्ताको रकम अदालतको इजलासमा दिनभर गन्दा पनि नसकिएको हो । तर, दिनभर गनेको रकम कति होला । ती महिलाले उनका पूर्व पतिबाट हरेक महिना गुजारा भत्ताबापत २४ हजार ६ सय भारु पाउनुपर्ने फैसला अदालतले गरेको थियो ।

सोही मुताविक उनका पतिले उनलाई गुजारा भत्ता दिए । अदालतमै पहिलो किस्ता बुझाउने क्रममा ती व्यक्तिले इजलास कक्षमै सिक्का पैसाको थुप्रो लगाइदिए ।

सिक्का जम्मा गरेर २४ हजार ६ सय भारु पूराएको हुँदा त्यहाँ पैसाको ठूलै थुप्रो लागेको थियो । त्यो रकम गन्नका लागि न्यायाधीशले अदालतका अन्य पेशीहरु नै स्थगित गर्नुपरेको थियो ।

भारतको चण्डीगढमा भुपु लोग्नेले गुजारा भत्ताको रकम दिने नाउँमा एक दुई भारुका सिक्काको थुप्रो लगाएका हुन् । भुपु लोग्नेले आफुलाई दुःख दिनका लागि सिक्का पैसा दिएको महिलाको आरोप छ ।

Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर