
मोरङ।

मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–२ बाट प्रहरीले शनिबार बेलुका खेल्दै गरेका ५ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले स्थानीय माधव भन्ने भवानी शंकर थापाको कानेपोखरी–२ स्थित कदमको बगैंचा भित्र कौडा खेल्दै गरेको अवस्थामा नगद २१ हजार ८० रुपैया र ३२ वटा कौडाको गोटी सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएका व्यक्तिहरुमा बगैचा धनी कानेपोखरी–२ बस्ने वर्ष ५६ को माधव भन्ने भवानी शंकर थापा, सोही स्थान बस्ने वर्ष ३५ को शंकर चौधरी, वर्ष ४९ को राजेन्द्र प्रसाद दाहाल, पथरी–शनिश्चरे नगरपालिका–१ बस्ने वर्ष ४३ को दिप बहादुर राई र सोही स्थान बस्ने वर्ष २२ को विकास राई रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुका सम्बन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान कार्य भई रहेको छ ।

