धनकुटा ।

चौबिसे गाउँपालिका–२ मा पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

स्थानीय ३४ वर्षीय धर्वेन्द्र केपछाकी मगरको मृत्यु भएको हो। लास्टे भन्ने ठाउँमा रहेको सुठुम तालमा शनिबार बेलुका ८ बजेतिर माछा मार्न गएका मगरको डुबेर मृत्यु भएको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।
चौबिसे गाउँपालिकाले चिस्याङ खोलाको पानीलाई बाँध काधेर पर्यटकीय क्षेत्र बनाउन ताल बनाउन थालेको थियो। धर्वेन्द्र सो तालमा स्थानीय गजेन्द्र खुलाल, हेमबहादुर मगर र संगीत मगरसँग माछा मार्न गएका थिए।

सुरुमा उनी पसेका थिए। धर्वेन्द्र डुबेपछि साथीहरूले बचउने प्रयास गर्दा सफल नभएको प्रहरीले जनाएको छ।
Views: 220

