काठमाडौं ,

साउनदेखि नयाँ संरचनामा गएको अर्ध सैनिक बल सशस्त्र प्रहरीमा व्यापक हेरफेर भएको छ।

गृहमन्त्री रामबहादुर थापाले सशस्त्रमा दुई डीआईजी, २४ एसएसपीको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रदेश ४ पोखरामा रहेका डीआईजी चिरञ्जिवी अधिकारीको प्रदेश ५ मा र प्रधान कार्यालय दरबन्दी भएका प्रवीण श्रेष्ठको प्रदेश ४ कार्यालयमा सरुवा भएको छ।
त्यसैगरी प्रदेश ३ कार्यालयमा एसएसपी रामप्रकाश श्रेष्ठलाई कायम मुकायम डीआईजीको जिम्मेवारी दिइएको छ। त्यसैगरी नारायणदत्त पौडेललाई महानगरीय सशस्त्र प्रहरी कार्यालयबाट प्रधान कार्यालय तालिम निर्देशनालय तथा बेचन यादवलाई प्रदेश ५ कार्यालय र बाँकी २२ जनालाई हाल कार्यरत स्थानमै समायोजन गरिएको छ।

त्यसैगरी सशस्त्र प्रहरीबल मुख्यालय हलचोकले ६ एसपी र २१ डिएसपीको जिम्मेवारी हेरफेर गरेको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ।-थाहाखबरबाट

