Aamsanchar

खोलाले बगाएर मृत्यु

Author Image
मङ्गलवार, साउन २२, २०७५

दोलखा। 

कालिञ्चोक गाउँपालिकामा खोलाले बगाएर वडा नं ६ लापिलाङस्थित लेप्टुङकी ३४ वर्षीया विष्णुमाया खड्काको स्थानीय घट्टे खोलाले बगाएर मृत्यु भएको छ ।

सोमबार अपराह्न गोठमा गाईभैँसीलाई घाँस हालेर फर्कँदै गरेकी खड्कालाई खोलाले बगाएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार खड्काको शव घटनास्थलबाट दुई तीन फिट तल फेला परेको थियो । घटना सोमबार भए पनि राति अबेर मात्रै खबर प्राप्त भएकाले घटनास्थलमा आज बिहान मात्रै प्रहरी टोली पुगेको प्रहरी निरीक्षक काफ्लेले बताउनुभयो ।

Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२