Aamsanchar

अपराध महाशाखा भन्छ–अजय र गोपाल इन्काउन्टरमै परेका हुन्

Author Image
बिहिवार, साउन २४, २०७५

काठमाडौं ।

बालक अपहरणपछि हत्या गरेका भनिएका अजय तामाङ र गोपाल तामाङको मृत्युले प्रहरी विवादमा तानिएको छ । उनीहरुको इन्काउन्टरमा मृत्यु भएको प्रहरीले दाबी गरेपनि यसलाई तामाङ परिवारसहित केही मानिसहरुले खण्डन गर्दै प्रहरीको आलोचना गरेका छन् ।

यसबारेमा संसदीय समितिमा गृहमन्त्री रामबहादुर थापाले छानबिन गर्ने बताएका छन् । तर, गृहमन्त्री थापाले छानबिन गर्ने बताएपनि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुको इन्काउन्टरमै मृत्यु भएको दाबी गरेको छ ।

गृहमन्त्रालयमा बिहीबार पुगेको महाशाखाको टोलीले गृहमन्त्री थापालाई औपचारिक ब्रिफिङ गराउँदै सो दाबी गरेको हो । महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोलीले भक्तपुर इन्काउन्टरबारे ब्रिफिङ गरेको हो ।बाहिर प्रचार भएजस्तो नभएको दाबी गर्दै एसएसपी सिंहले भक्तपुरमा भिडन्त भएको बताएका छन् ।

आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्कको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न अपहरणकारी गोपाल र अजय माथि गोली चलाउँदा सोमबार उनीहरुको मृत्यु भएको थियो ।

Views: 394

प्रतिक्रिया (०)