Aamsanchar

यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर

Author Image
शुक्रवार, साउन २५, २०७५

काठमाडौँ। 

साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना हुनुभएको थियो । दुई दशकअघि ६५ वर्षीय यज्ञनिधिको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस हुनुभएपछि उहाँलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो ।

मस्तिष्कघातका कारण उहाँ मण्डिखाटारस्थित निवासमा लड्नुभएको थियो । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि आज उहाँलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिने उहाँका भाइ पुष्पनिधि दाहालले जानकारी दिनुभयो ।

Views: 246

प्रतिक्रिया (०)