मोरङ।

मोरङको धनपालथान गाउँपालिका-३ कुसमाहा टोलमा साउन २६ गते साँझ ५ बजे सडक किनारको नालीमा डुबेर डेढ वर्षकी बालिकाको मृत्यु भएको छ ।

आफ्नै घर अगाडी रहेको नालीमा डुबेर स्थानीय अमर बहादुर गनगाईको १८ महिनाकी छोरी आरधाना कुमारी गनगाईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
बालिकालाई स्थानीय गाउँलेहरुले साँझ नालीमा डुबेको अवस्थामा भेटेपछि उपचारका लागि कोशी अंचल अस्पताल पुरयाएकोमा बालिकाको सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको हो ।

Views: 195

