Aamsanchar

प्रिन्सिपलद्वारा छात्रा बलात्कृत, घटना गुपचुप राख्न ३० लाख र दुई कठ्ठा घडेरीको प्रस्ताब

Author Image
सोमवार, साउन २८, २०७५

काठमाडौं । धरानमा रहेको मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले कक्षा १२ मा पढ्ने स्थानीय एक किशोरीलाई विगत ६ महिनादेखि जबर्जस्ती करणी गर्दै आएको खुलेको छ।

पीडित किशोरीले आफ्ना अभिभावकलाई घटनाको विषयमा भनेपछि घटना सार्वजनिक भएको खबर आजको नयाँ पत्रिका दैनिकमा सुनसरीबाट देबेन्द्र कार्कीले लेखेका छन्। घटना सार्वजनिक भएपछि बस्नेत फरार छन्।

कसैलाई भने ज्यान मार्ने धम्की दिँदै बस्नेतले आफूलाई जबर्जस्ती करणी गर्दै आएको किशोरीले बताएकी छन्।

पीडकलाई कारबाहीको माग गर्दै महिला सञ्जाल धरानले विभिन्न निकायमा उजुरी गरेपछि बस्नेत फरार भएका हुन्। बस्नेतले घटना सार्वजनिक नगरे किशोरीका परिवारलाई ३० लाख रुपैयाँ र दुई कठ्ठा घडेरी दिने प्रस्ताव गरेका पीडित परिबारको भनाई छ।

जबर्जस्ती करणीले किशोरीमा मानसिक समस्या देखिएको छ। उनको हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर