Aamsanchar

१० वर्षमा २३ लाख पर्यटक नेपाल भित्र्याउने

Author Image
आइतवार, साउन १६, २०७३

Tourist-heaven-41060

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले आगामी १० वर्षमा २३ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ पर्यटन रणनीति ल्याइएको बताउनुभएको छ ।

गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालको २०औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल भौगोलिक, सामाजिक, सांस्कृतिक र जैविक विविधता तथा विशिष्टताले सम्पन्न भएको मुलुक भएकाले पर्यटनको प्रशस्त सम्भावना रहेको हुँदा यसलाई कृषिसँग जोड्न सकिएमा ग्रामीण पर्यटनको प्रवद्र्धन हुनसक्ने धारणा राख्नुभयो ।

मन्त्री पोखरेलले एउटा प्रदेशमा एक नमुना होमस्टे (घरवास)को विकास गर्ने गरी सरकारले बजेटको व्यवस्था गरेको बताउनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता तथा सभासद् टेकबहादुर बस्नेतले पर्यटन मुलुकको आर्थिक विकासको आधार भएकाले यसको प्रवद्र्धनमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

भिटोफका अध्यक्ष चित्रबहादुर गुरुङको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेकपा (एमाले)को पर्यटन विभाग प्रमुख सूर्य थापा, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पा, भिटोफका प्रमुख सल्लाहकार प्राडा प्रेम शर्मा, ठमेल पर्यटन परिषदका अध्यक्ष रामशरण थपलिया, टे«ेकिङ् एजेन्टस् एसोसिएसन नेपाल(टान)का अध्यक्ष चन्द्र रिजाल, भिटोफका महासचिव राजकुमार थापालगायतका वक्ताहरुले गाउँ पर्यटनको विकास र प्रवद्र्धनका बारेमा बोल्नुभएको थियो ।

सो अवसरमा पर्यटनविद् रविजङ्ग पाण्डेले दक्षिण तथा दक्षिण पूर्वी एसियामा पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालले यी मुलुकबाट पर्यटन विकासमा धेरै कुरा सिक्न सक्ने बताउनुभयो । गाउँ पर्यटनको प्रवद्र्धनमा विशिष्ट योगदान पु¥याएको भन्दै गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीलाई पुरस्कृत गरिएको थियो भने भिटोफका प्रमुख सल्लाहकार प्राडा प्रेम शर्मा र सद्भावनादूत अमृत भादगाउँलेलाई सम्मानित गरिएको थियो ।

नयाँ कार्यसमितिको निर्विरोध चयन

गाउँ पर्यटन मञ्च (भिटोफ)नेपालको आज सम्पन्न २०औँ साधारणसभाले कमल सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

दुई वर्षका लागि निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा राम घले, द्वितीय उपाध्यक्षमा दीपक दाहाल, महासचिवमा वासुदेव पाण्डे, सचिवमा जस्फा पाण्डे, कोषध्यक्षमा गगनराज नयौपाने र सहकोषध्यक्षमा कृष्णबहादुर सुवेदी निर्विरोध चयन हुनुभएको छ ।

यसैगरी सदस्यमा हरिचन्द्र गैरे, सञ्जिव श्रेष्ठ, कुलप्रसाद सुवेदी, जङ्गबहादुर लामा र प्रकाश अर्याल रहनुभएको छ । दुईजना सदस्य भने नयाँ कार्यसमितिले मनोनित गर्नेछ । भिटोफमा हाल ६२८ सदस्य रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर