काठमाडौँ ।
घर बहाल सरोकार महासङ्घ नेपालले घर बहालसम्बन्धी राष्ट्रिय ऐन जारी गर्नु माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शङ्कर कोइरालाले घर बहाल ऐन जारी यस क्षेत्रमा भएका समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिँदै यसले दुवै पक्षलाई हित गर्ने र सुरक्षाको प्रत्याभूति गर्ने बताउनुभयो ।
उहाँले सरकारले यस क्षेत्रलाई व्यवस्थित गर्न सकेमा घरवहाल कर घरधनीद्वारा सरकारलाई बुझाउने नीतिलाई अगाडि सार्न सकिने बताउनुभयो । घरधनी तथा बहालवालाको सुरक्षाका लागि पनि सरकारले राष्ट्रिय ऐन चाँडो जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घले सरकारले जारी गर्ने ऐनमा श्रमिकको सरकारबाट निर्धारण निश्चित आयका आधारमा घर वा कोठाको अवस्थालाई हेर भाडा दर निश्चित गरिनुपर्ने, तलब वा पारिश्रमिकको वृद्धि व्यावसायिक सफलता वा असफलताको आधारमा मात्र भाडादर वृद्धि गरिनुपर्ने, कोठा तथा घर धनीबाट हुने मनोमानी भाडा वृद्धि तुरुन्त रोकिनुपर्नेलगायत २६ बुँदे सुझाव अघि सारेको छ ।