Aamsanchar

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगद र पदक

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

भक्तपुर । भक्तपुर नगरपालिकाले आज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गरेका १४ विधाका ६१ खेलाडीलाई नगदसहित पुरस्कार, पदक र ट्रयाक सुट प्रदान गरेको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले १२ औँ दक्षिण एसियाली खेलको फुटबल टिम इभेन्टमा स्वर्ण पदक विजेता जगजित श्रेष्ठ, उसुका रजत पदक विजेता सुस्मिता तामाङ, टेबल टेनिसका कास्य पदक विजेता शिवसुन्दर गोठे र कबड्डीका कास्य पदक विजेता सुदेशना प्रजापतिलाई जनही रु १५ हजार सहित सम्मान गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सफल खेलाडी कान्छीमाया कोजु, बिलबहादुर तामाङ, मनोज लामा, एरिस शर्मा र स्विटी गेलाललाई पनि सम्मान गरियो । कार्यक्रममा भलिबल, सितेरियो कराँते, बास्केटबल, बुद्धिचाल, तेक्वान्डो, ब्याडमिन्टन, शारीरिक सुगठन, फुटबल, एथलेटिक्स, किक बक्सिङ, उसु, लन टेनिस र कबड्डी खेलका राष्ट्रियस्तरका खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेले खेलकुद परिषद्मा हुने राजनीतिक नियुक्ति प्रक्रियाको अन्त्य गरी वरिष्ठ र अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई परिषद् सञ्चालनको जिम्मेवारी दिनुपर्ने बताउनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर