तपाईंले हराएको जुत्ता वा चप्पल फेला पार्नु भएको छ त ? पक्कै पनि छैन होला तर अमेरिकी अभिनेत्री जुडी गार्लण्डले माणिकजडित चप्पल हराएको १३ वर्ष पछि फेला परेकी छिन् । अभिनेत्रीले उक्त जुत्ता ‘द विजर्ड अफ ओज’ नामको फिल्ममा अभिनय गर्दा लगाएकी थिइन् ।
मिन्नसोटास्थित एउटा संङ्ग्राहमा राखिएको जुत्ता झ्याल फुटाएर कसैले चोरेर लागेका थिए । उनको चप्पल हराएपछि चोरको नाम र चप्पलको अवस्था बताउनेलाई १० लाख डलर इनाम दिने घोषणा गरिएको थियो । उक्त इनाम दिने अवधी १० वर्षको थियो । इनाम दिने अवधी सकिएको ३ वर्ष पछि चप्पल भेटिएको छ ।
गत मंगलबार भएको एक अनुसन्धानले माणिकजडित चप्पल फेला परेको बताएपनि कहाँ र कसरी फेला परेको भन्ने बारे केही बताइएको छैन । तर यस बारे भने पत्ता लगाउने कोशीस भएको छ । भेटिएको भनिएको जुत्ता १० लाख डलर बराबरको बीमा गरिएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 203