अनिल वाग्ले/ झापा ।

प्रदेश सरकार गठन भएको लामो समय भएपनि आवश्यक कानुन र कार्यविधि नबन्दा विकास निर्माणका कार्यमा प्रत्यक्ष असर पर्न थालेको छ । आवश्यक कार्यविधि बन्न नसक्दा प्रदेश १ मा विकास निर्माणका कार्यहरु सञ्चालन गर्न समस्या भएको सांसदहरुले नै बताएका छन् ।

विकास निर्माण सम्बन्धि नीति निर्माण गर्न आवश्यक कार्यविधि प्रदेश सरकार गठन भएको लामो समय भईसक्दा पनि बन्न सकेको छैन । जसले निर्णय भईसकेका कामहरु पनि सम्पादन गर्न नसकिएको सांसदहरुले बताएका छन् । झापा क्षेत्र नम्बर २ ख का प्रदेश सांसद वृख प्रधानले कार्यविधि निर्माणमा ढिलाई हुँदा विकास निर्माणका कामहरु कसरी सुरु हुनेहुन् भन्ने कुरामा नै स्पष्ट भईनसकेको बताएका छन् हामीसँगको कुराकानीमा सांसद प्रधानले दशैं अघि कार्यविधि आइनसक्ने हो भने विकासका कार्यमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा चाँडो कार्यविधि आउनुपर्ने बताएका छन् ।
कार्यविधि नबन्दा प्रदेश मातहत निर्णय भएका कार्यहरु कसरी सुरु हुने भन्ने कुरामा सांसदहरु नै अलमलमा परेको बताएका छन् । यद्यपी उनले प्रदेश अन्तर्गतका विकास निर्माणका गतिविधिहरु सहज र प्रभावकारी ढंगबाट सञ्चालन गराउने कुरामा छलफल भने चलिरहेको बताएका छन् । उनले स्थानीय तहसँग नै समन्वय गरेर पनि विकास निर्माणका कार्य गर्न सकिने जनाउ दिएका छन् । हामी स्थानीय निकायसँगै समन्वय गरेर अघि बढौं भनिरहेका छौं ।

स्थानीय निकायसँगको समन्वयमा कार्य गर्दा सहज हुनसक्ने उनको बुझाइ छ । उनले स्थानीय तहले समन्वय गर्न चाहेन भने जिल्लाका विभिन्न क्षेत्रमा प्रदेश इकाइ स्थापना गरेर सोहि अन्तर्गत पनि काम कावार्ही अगाडी बढाउन सकिने बताएका छन् । एक इकाइलाई निश्चित स्थानीय तह हेर्ने जिम्मा दिएर पनि काम गर्न सकिने जनाएका छने । उनले एक करोड माथिका योजनालाई टेन्डर आव्हान गरेर सोहि अनुरुप पनि काम गर्न सकिने बताएका छन् ।
उनले चाँडो कार्य विधि बनाएर निर्णण कार्यान्वयनका लागि लाग्न प्रदेश सरकार समक्ष माग पनि गरेका छन् ।
यसैविच उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि २०७५।७६ का लागि माग गरिएका अधिकाशं योजना पास भईसकेको बताएका छन् । कार्यविधि बने लगत्तै ति योजनाहरुको काम सुरु हुने उनको भनाई छ ।
कहाँको विकासको लागि कति खर्च
साविक बुधबारे गाविसका लागि उनले विभिन्न योजनाहरु निर्णय भईसकेको बताएका छन् ।
ती योजनाहरुमा बुधबारे बजार संरक्षण, दुवै तर्फ हँडिया नदी नियन्त्रण १ करोड ५० लाख, बुधबारे बसपार्क निर्माण ५० लाख, सहीद रामप्रधान स्मृति भवन १० लाख, बुधबारे साविक ७ नम्बर पूर्व सडक कालोपत्रे ७० लाख, बुद्धशान्ति डिप ट्युवेल वडा नम्बर ३ १० लाख, बुधबारे पावर टिलर सिँचाई प्रणाली १५ लाख, विश्वकर्मा टोल डिप ट्युवले सिँचाई योजना वडा नम्बर ३ २० लाख, जनआदर्श सिँचाई योजना बुधबारे ६ र २ १५ लाख, नमुना आदर्श सिँचाई योजना बुधबार ४ लाख, ओमकारेश्वर महिला सामुदायिक भवन १० लाख, बुद्धशान्तिमा मझुवा झोलुंगे पुल१८ लाख, खेल मैदान जयपुरको लागि ८ लाख, २ मावि र ३ आधारभुत विद्यालयको लागि विज्ञान र प्राविधिक शिक्षाको लागि पनि आवश्यक बजेट विनियोजन गरिएको प्रधानको भनाई छ ।
त्यस्तै उनले अर्जुनधारा नगरपालिका अन्तर्गत सुखानी सहीद पार्क सालवारीलाई ४३ लाख ६० हजार, वडा नम्बर १० खानेपानी योजना १ करोड, दही झोडा पक्की पुल निर्माण ७४ लाख, दहीझोडा दुर्गापुर सुखानी सडक ५० लाख, कटहडाँडा पुल्चोक हात्ति किल्ला सडक ५० लाख, जंगविर गुभाजु सामुदायिक भवन २० लाख, सुखानी खोलाकुम्लीटार नदी नियन्त्रण २० लाख, सुखानी खोला नदी नियन्त्रण १५ लाख, डिप ट्युवेल अर्जुनधारा २ का लागि २० लाख, डिप ट्युवेल ९ र ११ वडा २० लाख, साधुटार सिस्ने सिँचाई योजना २० लाख, खुदुनावारी पावर ड्लि सिँचाई प्रणाली २० लाख, टांगटि खोला नदी नियन्त्रण १० लाख, सेती खोला थापा पैनी सिँचाई योजना वडा १० ५ लाख, सुखानी सहीद सहादत स्थल १२ लाख, मदनपुर वार्ड नम्बर १ खेल मैदान ८ लाख र आधारभुत विद्यालय ५ वटा र मावि ५ वटा विद्यालयहरुलाई पनि विकास र स्तरीय शिक्षाका लागि बजेट छुट्याइएको वृख प्रधानले बताएका छन् ।


