काठमाडौँ,

गत वर्ष प्रदर्शनमा आएको हिट चलचित्र म यस्तो गीत गाउँछुू को छोटो अंश युट्युबमा सार्वजनिक गरिएको छ । सुदर्शन थापा निर्देशित चलचित्र म यस्तो गीत गाउँछु को १० मिनेट २५ सेकेण्डको सर्ट क्लिप सार्वजनिक गरिएको हो ।

पुजा शर्मा र पल शाहको मुख्य अभिनय रहेको म यस्तो गीत गाउँछुूलाई पुजा शर्मा र सुदर्शन थापाले निर्माण गरेका हुन् ।

साथै अब पुरा फिल्म पनि चाँडै युट्युबमा आउने बताइएको छ ।यो फिल्म युट्युबमा रिलिज भएसँगै हालसम्म १ लाख १४ हजार ३८१ जनाले हेरिसकेका छन् ।यता फिल्म गीत र ट्रेलरबाट नै रुचाइएको रामकहानीलाई पनि दर्शकले पर्खिरहेका छन् ।


आज अर्थात भाद्र २२ बाट अल नेपाल रिलिजमा आएको फिल्म रामकहानी मा पुजा शर्माको जोडीमा अभिनेता आकाश श्रेष्ठ रहेका छन् भने फिल्मलाई मेरो एउटा साथी छू, प्रेम गीतू,म यस्तो गीत गाउँछुू लगायतका फिल्म निर्देशन गरिसकेका सुदर्शन थापाले नै निर्देशन गरेका छन् ।

