Aamsanchar

झक्कड र पातलीले अभिनय गरेपछि ट्रेन्डिङ नम्बर १ मा हाँस्य टेलिश्रृङ्खला भद्रगोल,दुई दिन नपुग्दै यति धेरैले हेरे (भिडियो)

Author Image
आइतवार, भदौ २४, २०७५

काठमाडौँ,

नेपाली टेलिश्रृङखला भद्रगोलको १ सय ७५ औँ भाग युट्युवमा सार्वजनिक भएको २ दिन नपुग्दै ट्रेन्डिङ नम्बर १ मा आएको छ ।

यो भागमा अतिथि कलाकारका रुपमा नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा एक झक्कड थापा र दोस्रो सिजनबाट थुप्रै चर्चा बटुलेका नरेश पातलीले अभिनय गरेपछि टेीनड्रग नम्बर १ मा पर्न सफल भएको हो ।

यो एपिसोडले करिब ६ लाख ८० हजार भन्दा भ्युज पाएको थियो ।अर्जुन घिमिरे [पाँडे] र कुमार कट्टेल [जिग्री] को लेखन तथा निर्देशनमा तयार भएको हास्य टेलिश्रृंखलामा कुमार कट्टेल, अर्जुन घिमिरे, दीपक आचार्य, सागर लम्साल, हरिस निरौला, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, रश्मि पान्डे, शारदा गिरी, अर्जुन तिमिल्सिना, लगायतका कलाकारहरुको अभिनय छ ।

 

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर