खुदुनाबारी,
झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले खेल विधाको विषयमा अर्जुनधारा नगरबाट झापाका अन्य नगरले पनि अनुसरण गर्नुपर्ने बताएका छन् । अर्जुनधारा नगर तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले उक्त कुरा बताएका हुन् ।
खेलाडी प्रति माया, सद्भाव राख्ने नगर प्रमुख नेपालमा कमै हुन्छन् । थापाले भनेर्– पछिल्लो दिनमा फुटबल, कराते, तेक्वान्दो, उसु लगायतका खेल विधामा अर्जुनधारा नगर नेपालमा अव्बल हुनुमा स्थानीय सरकारका प्रमुख रानाको खेल क्षेत्रप्रति सकरात्मक बुझाई र सहयोगको कारणले भएको भनाई राखेँ ।’
कार्यक्रममा नगर प्रमुख रानाले उर्सु, तेक्वान्दो, कराते, फुटबल लगायतका खेलहरुलाई टेवा पु¥याउने उदेश्यले एकवर्ष परीक्षणका लागि कार्यक्रम तय गर्ने योजना छ । उनले भने– नगरमा ९ वटा माध्यमिक विद्यालय र ७ वटा आधारभूत सामुदायिक विद्यालयलाई नगरले प्रशिक्षण राखी खेललाई अगाडि बढाउने सोच, विचार राखेको बताए ।
संघका अध्यक्ष होमनाथ दुलालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने संचालन दिपेन दनुवारले गरेका थिए ।