Aamsanchar

प्रहरी हिरासतमा रहेका वरिष्ठ कलाकार देशभक्त खनाल माफी माग्दै छुटे !

Author Image
बिहिवार, भदौ २८, २०७५

काठमाण्डौं ।

कहिले काही कलकाारहरु बिवादमा तानिने गर्छन् । फेसबुकमार्फत् चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका बरिष्ठ कलाकार देशभक्त खनाल रिहा भएका छन् ।

फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै स्टाटस लेखेपछि उनलाई प्रहरीले मंगलवार पक्राउ गरेको थियो । बुधवार महानगरीय प्रहरी परिसर टेकुमा अध्यक्ष बोगटीसँग माफी मागेपछि साढे १ बजे उनी छुटेका हुन् ।

उप्रान्त कसैको चरित्र हत्या नगर्ने र फेसबुकमार्फत् माफी माग्ने कागजी सम्झौता पश्चात् प्रहरीले उनलाई छाडेको हो । कलाकार खनालले रिहा भए लगत्तै फेसबुकमा एक स्टाटस लेख्दै कलाकार संघका अध्यक्ष रामकेशर बोगटीसँग माफी मागेका छन् । आवेशमा आएर अनावश्यक शब्द लेखिन गएको भन्दै उनले क्षमा मागेका छन् ।

केही दिन अगाडि उनले अध्यक्ष बोगटी भू-माफिया र भयानक ठग भएको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टाटसले आफ्नो चरित्रहत्या भएको भन्दै अध्यक्ष बोगटीले उजुरी दिएपछि कलाकार खनाललाई प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर