Aamsanchar

सप्तर्षिको पूजा गरी ऋषिपञ्चमी मनाइँदै

Author Image
शुक्रवार, भदौ २९, २०७५

काठमाडौं,

भाद्र शुक्ल पञ्चमी तिथि। सनातन धर्मावलम्बी महिला शुक्रबार ऋषिपञ्चमी पर्व मनाउँदैछन्।

बिहान झिसमिसेमै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, तिल, कुश, अपामार्ग (दतिवन) लगायतको प्रयोग गरी स्नान गर्ने चलन छ।

महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउनेलगायत प्रक्रिया अपनाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिलाहरू चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।

विधिपूर्वक स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठसहित अरुन्धती(वशिष्ठपत्नी) को पूजा गरिन्छ।

सप्तर्षिको पूजा गर्दा फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले महिनावारी भएका बेला अञ्जानमा गरेका पाप नष्ट हुन्छन् भन्ने मान्यता छ।

भविष्योत्तर पुराणको भनिएको ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुरुषले गर्नुपर्ने बताइएको छ। पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत बसी उद्यापन गर्ने विधि छ।

यो दिन विशेषगरी काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा घुइँचो लाग्छ। पूजा सकी महिलाहरू कर्कलाको तरकारीसँग भोजन गर्छन्।

ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमुलहरू खानुपर्ने बताइएको छ।-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर