Aamsanchar

चार दिने भ्रमणका लागि नेकपा अध्यक्ष प्रचण्ड चीन प्रस्थान

Author Image
शनिवार, भदौ ३०, २०७५

काठमाडाैं,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष दाहाल चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चार दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्नु भएको हो । चीन प्रस्थान गर्नुअघि उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ गराउने विषयमा केन्द्रित हुने बताउनुभयो ।

अध्यक्ष दाहालले दुई देशका सरकारबीच भएको पछिल्ला सहमति र समझदारीकाे प्रभावकारी कार्यान्वयन गराउन आवश्यक वातावरण बनाउन पनि आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

एक फरक प्रसंगमा अध्यक्ष दाहालले पार्टी संगठनहरुको एकीकरणसम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढेको र आफू चीनबाट फर्किएलग्त्तै आवश्यक निर्णय लिने पनि बताउनुभयो । उहाँले दशैंअघि सगठनहरुको एकीकरणको काम सम्पन्न हुने दावी पनि गर्नुभयो ।

अध्यक्ष दाहालले एक हप्ताअघि भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक भेटवार्ता गर्नुभएको थियो । एक हप्ता नबित्दै दुवै छिमेकी मुलुक भारत र चीनमा भएको अध्यक्ष दाहालको भ्रमणलाई चासोपूर्वक हेरिएको छ ।

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर