एजेन्सी ।

सर्वाधिक धेरै पाँच पटकको बेलोन डि’ओर अवार्ड विजेता लियोनेल मेसी यो पटक फिफा अवार्डमा पाहुनाको रुपमा उपस्थीत हुँदै छ ।

अघिल्लो सिजन उनी अवार्ड जित्ने या नजित्ने सहभागि खेलाडीको रुपमा उपस्थीत हुने गरेपनि यो पटक मेसी विना दबाब अवार्ड समोरोहमा उपस्थीत हुने छन्। यो पटक शिर्ष तीनमा पर्न असफल भएपनि मेसीले फिफाको प्रस्तावलाई स्वीकारेको एजेन्सीहरुले जनाएका छन्।

सोमबार हुने अवार्ड समारोहमा उनलाई उपस्थित हुन फिफाले आग्रह गरेको छ । वर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीनमा क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिच र मोहम्मद सलाह रहेका छन्। आफू मनोनयनमा नपरेको अवार्ड समारोहमा सहभागी हुन सायद अरू खेलाडीले निम्तो नै स्वीकार गर्ने थिएनन् ।


तर, मेसीले भने जसरी पनि समारोहमा सहभागी हुने निर्णय लिएका छन्। त्यसअघि युरोपियन वर्ष खेलाडीको अवार्ड मोड्रिचले जित्दा रोनाल्डोले अवार्ड समारोह वहिस्कार गरेका थिए।

