Aamsanchar

बालिका करणी उद्योगमा पक्राउ

Author Image
शुक्रवार, असोज ५, २०७५

भोजपुर, 

जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।

अभियुक्तले गोठघरमा सुतिरहेका अवस्थामा यही असोज १ गते राति बालिकालाई करणी गर्न खोजेको बालिकाकी आमाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।

Views: 190

प्रतिक्रिया (०)