Aamsanchar

टिर्सट र ट्राउजर बाल कल्याणमा वितरण

Author Image
शुक्रवार, असोज ५, २०७५

अर्जुनधारा,

छात्रवृद्धि वापत प्राप्त रकम सही सदुउपयोग गर्ने उदेश्यले नाम, ठेगाना लेखिएको टिर्सट र ट्राउजर अर्जुनधारा नगरपालिका र अर्जुनधारा–६ वडा कार्यालयको सहयोगमा बाल कल्याण प्रा.वि. मा वितरण भएको छ ।

अर्जुनधारा नगरपालिकाको ४५ हजार ४ सय रुपैंया सहित वडा–६ बाट ३० हजार रकम थप गरी १ सय ४५ विद्यार्थीलाई टिर्सट र ट्राउजर वितरण गरिएको वडाअध्यक्ष लोकनाथ गौतमले बताए । बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीलाई वितरण गरिएको अध्यक्ष गौतमले बताए ।

वडाअध्यक्ष गौतम, पि.टि.ए अध्यक्ष मदन पाण्डे, सोत व्यक्ति भरत लाल कर्ण, नर प्रसाद प्रसाई, विद्यालय व्यवस्थापन समिति सदस्य राधा प्रधान, शिक्षक अभिभावक संघ सदस्य सिर्जलाल चौधरी, वडा सदस्य लक्ष्मी महतरा, अर्जुन मेचेले टिर्सट र ट्राउजर हस्तान्तरण गरेका थिए ।

Views: 254

प्रतिक्रिया (०)