काठमाडौँ,

यस वर्षको कृषि रत्न पुरस्कार विभिन्न क्षेत्रका सात जनालाई प्रदान गरिएको छ ।

एग्रो टाइम्स मासिक पत्रिकाको छैठौँ वर्ष पुगेको अवसरमा आज रोहित थापा, घननाथ महत्तो, अम्बिकाप्रसाद अधिकारी, रीता बस्ताकोटी, अजय तामाङ, योगेन्द्रबहादुर खड्का र उमानाथ पौड्याललाई प्रदान गरिएको छ ।
प्रदेश नं ३ दोलखाकी सांसद रोशनी खड्काले उहाँहरूलाई सम्मान गर्दै कृषिको दिगो विकासले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपछी विकास मन्त्रालयका सहसचिव डा योगेन्द्रकुमार कार्कीले कृषि र कृषकका बीचमा पत्रिकाले पुलको काम गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
Views: 232

