Aamsanchar

खुदुनाबारीमा प्रहरी चौकी स्थापना गर्न माग

Author Image
मङ्गलवार, असोज ९, २०७५

खुदुनाबारी,

राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरुले खुदुनाबारीमा प्रहरी चौकी स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नजीकिदै गरेको चाडपर्वमा शान्ति सूरक्षा कायम गराउने उदेश्यले आयोजित कार्यक्रममा खुदुनाबारीमा ससस्त्र वेस क्याम्प उठ्न लागेको भन्दै सोमबार उनीहरुले प्रहरी चौकी स्थापनामा जोड दिनुपर्ने दिएका छन् ।

शान्ति सूरक्षाको विषयमा आयोजित अर्जुनधारा नगरको सभाकक्षमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका अगुवाहरुले आ–आफ्नो धारणा समेत राखेका थिए ।

नगर प्रमुख हरि कुमार रानाले समृद्ध र शान्त नगर निर्माणमा प्रबन्र्धत्मक कार्यहरु नगरले गर्ने बताए । उनले भनेर्– भौतिक पूर्वाधारमा जोड दिदै आएका छौं , पछिल्लो दिनमा प्रबन्र्धत्मक काम गरेका छौं । ’

प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले खुदुनाबारीमा प्रहरी स्थापनामा जोड दिदै गरेको अवगत गराउँदै जनपथ, ससस्त्र प्रहरी निकायलाई सहयोग गर्ने निर्णय नगर कार्यपालिका बाट हुने बताए ।

वडा–६ का अध्यक्ष लोकनाथ गौतमले चाडपर्वमा सडक बत्ती र घर घरमा बती बाल्दा संम्भावित घटना कम हुने धारणा राखेँ । उद्योग वाणिज्य संघका सचिव चर्तुभुज काफ्लले चार्डपर्वमा जनप्रतिनिधि र संघसंस्था बीच बजार क्षेत्रको अनुगमन गरिनुपर्ने सुझाव राखेँ ।

वडा–१० का अध्यक्ष बलदेव गोम्देनले प्रहरीलाई सहयोग गरी सुशासन कायम गर्ने सबैले आ–आफ्नो ठाँउबाट सहयोग गरिनुपर्नेमा जोड दिए । वडा–३ का अध्यक्ष जीवन कुमार भण्डारीले खुदुनाबारीमा बेस क्याम्प उठ्दा अप्रिय घटना बढ्ने डर भएकाले प्रहरी चौकी स्थापनामा जोड दिए ।

वडा–११ का अध्यक्ष भैरव खड्काले शान्ति सूरक्षा कायम गर्ने वडा–वडामा अन्तरक्रिया आवश्यक रहेको धारणा राखेँ । अर्जुनधारा प्रेस क्लबका सचिव प्रेम आचार्यले अर्जुनधारा नगरपालिकाले शान्ति सूरक्षा, सुसाशनमा अल्पकालिन र दिर्घकालिन नीति अबलम्बन गरिनुपर्नेमा सुझाव राखेँ ।

जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्य प्रसाद कट्टेलले जंगल आसपास र अति संवदेनशील स्थानमा प्रहरीले आफ्नो थप भूमिका बढाउनु पर्ने बताए । नेकपा नगर अध्यक्ष दिलिप लम्सालले विगतमा शान्ति सूरक्षाको विषयमा व्यापक छलफल हुने भएपनि कार्यान्वयन नभएकाले नयाँ ढ¨ले प्रक्रिया र अनुशासन भित्र रहि काम गर्नुपर्ने बताए ।

कार्यक्रममा अधिकास वक्ताहरुले सिसि टि.भी लाई संक्रीय राख्नुपर्ने, मदिराजन्य बिक्री वितरणमा रोक लगाउनुपर्ने, जुवा तास, डाइस लगायतका खेल बन्द गराउनुपर्ने, बाटाघाटामा गाईवस्तु बाधिने गर्दा आवतजावतमा समस्या हुने भएकाले यस्ता काम रोकिनु पर्ने लगायतका विषयमा जोड दिएका थिए । छलफलमा सहभागीले शान्ति सूरक्षाका लागि प्रशासन, प्रहरी र जनप्रतिनिधिहरुले सबैले आ–आफ्नो तर्फ बाट सचेतना सजगता अपनाउने विषयमा समेत जोड दिएका थिए ।

नगर प्रमुख रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा जेसीजका अजय कुुमार देव, दहिझोडा सामुदायिक वनका अध्यक्ष खड्क तामाङ, प्रहरी चौकी शनिश्चरेका सई राजन खड्का, ससस्त्र प्रहरी बल कप्तनावाडीका प्रमुख प्रदिप सिंह कार्की, बोर्ड सदस्य दिलमाया दास, हरिमाया भण्डारी लगायतले बोलेका थिए ।

Views: 261

प्रतिक्रिया (०)