भद्रपुर । 

झापाको भद्रपुरस्थित एक पसलको सटर मर्मत गर्ने क्रममा एक कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–६ स्थित भानुनगरका करिब ४५ वर्षीय निर्मल चौधरी रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

प्रहरीका अनुसार भद्रपुर–६ स्थित गिरीचोकमा रहेको लक्ष्मी घिमिरेले भाडामा दिएको आचार्य इन्टरप्राइजेजको सटर मर्मत गर्ने क्रममा सटर बेरिने फलामे रड झरेर टाउको लाग्दा चौधरीको मृत्यु भएको हो।
स्थानीयका अनुसार शुक्रबार साँझ इन्टरप्राइजेजका सञ्चालकले पसल बन्द गर्न खोज्दा सटर नझरेपछि कामदार चौधरीलाई बोलाएर सटर मर्मत गर्न लगाएका थिए। सटरको फलामे रड लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा शुक्रबार राति बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Views: 294

