Aamsanchar

इराकी मोडेलको गोली हानी हत्या

Author Image
शनिवार, असोज १३, २०७५

काठमाण्डौं ।

इराकी मोडेल तथा इन्स्टाग्राम स्टार तारा फारिसको इराकको बगदादमा गोली हानी हत्या भएको छ ।

२२ वर्षकी इराकी मोडेल तथा इन्स्टाग्राम स्टारलाई गाडीमै रहेको बेला मोटरसाइकलमा आएका नचिनेका मान्छेहरुले गोली हानी हत्या गरेको बताइएको छ । गएको बिहीबार उनको गोली हानी हत्या भएको इराकी सुरक्षा अधिकारीहरुले जनाएका छन् । इराकका प्रधानमन्त्री हैदर अल अवादीले घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।

बगदादकी पूर्व मिस बगदाद र फस्ट रनर अफ इराकको टाइटल समेत जितेकी फारिसलाई बगदादमै गोली हानी हत्या गरिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । २२ वर्षकी फारिस इसाइ धर्म मान्दथिन् । उनका बुवा इराकी थिए भने उनकी आमा लेबनानी रहेकी थिइन् । भड्किलो पहिरन लगाएको भन्दै इराकमा उनको विरोध हुने गरेको थियो ।

सामाजिक सञ्जालमा पनि इस्लाम धर्मको भन्दा फरक पहिरन लगाएर उनले पोष्टहरु गर्ने गरेकी थिइन् । उनको इन्स्टाग्राम तीस लाख फलोअर्स रहेका छन् । उनको हत्या भएपछि सामाजिक सञ्जालमा श्यामस्वेत फोटो राखेर उनका समर्थकहरुले घटनाको विरोध गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर