Aamsanchar

झापा जिल्ला सामुदायिक वन स्तरीय फुटवलमा प्रगति वन विजयी

Author Image
शनिवार, असोज १३, २०७५

फुटवल खेलको मौषम सुरु

प्रदेश नं १ का आन्तरीक मामीला तथा कानुन मन्त्री हिक्मत कार्कीले रेफ्री सन्तोष चौधरीलाई वल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्दै । फोटो : कमल पाण्डे विनोद/आमसंचार

चारपाने,असोज १३ ।     प्रजापति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शनिवारदेखी झापा जिल्ला सामुदायिक वन स्तरीय  नकआउट फुटवल प्रतियोगिता संचालन भएको छ ।
   
कनकाई नगरपालिकाको वडा नं। १ स्थित वन क्षेत्रको आफ्नै खेल मैदानमा शनिवारदेखी संचालन भएको प्रतियोगिताको प्रदेश नं।१ का आन्तरीक मामीला तथा कानुन मन्त्री हिक्मत कार्कीले विशेष समारोहका विच खेलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री कार्कीले वन जङ्गलहरु समुदायमा हस्तान्तरण भएसँगै पर्यटकीय गन्तव्यको आधार वन्दै गएको वताएका छन् । सामुदायिक वनहरुले वन्यजन्तु साथै वनस्पतिको संरक्षण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएकोमा खुशी व्यक्त गर्दै मन्त्री कार्कीले सरकारले सामुदायिक वनहरुसँग सहकार्य गरेर अघि बढ्न चाहेको वताएका छन् ।
 
युवालाई गोलबद्ध गर्दै स्थानीय स्तरको पर्यटन प्रवद्र्धनलाई खेलसँग जोड्ने मुख्य लक्ष्यका साथ आयोजीत प्रतियोगितामा झापा जिल्लाका २६ वटा सामुदायिक वनहरुको सहभागिता रहेको आयोजक समितीका अध्यक्ष सूर्यकुमार थापाले वताएका छन् । शनिवारको उद्घाटन खेलमा जामुनवारी सामुदायिक वन कनकाई र प्रगति सामुदायिक वन अर्जुनधारा विचि भएको खेलमा प्रगति सामुदायिक वनले ४(० को फराकिलो अन्तरले विजयी हाँसील गरेको छ ।  प्रगती सामुदायिक वनका लागि अजय राजवंशी र सुजन लिम्वूले एक(एक गोल गरेका थिए भने सुमन राईले दुई गोल लगाएर टिमलाई अग्रता दिलाएका थिए । खेलको म्यान अफ द म्याच विजयी टिम प्रगति सामुदायिक वनका सुमन राई घोषीत भए । प्रतियोगिता संचालन हुनु अघि जामुनवारी सामुदायिक वन र प्रजापति सामुदायिक वनको भ्याट्रन टिमका विच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो ।  आइतवारको खेल बहु वन सामुदायिक वन मेचीनगर र शान्ती सामुदायिक वन अर्जुनधारा  विच पहिलो खेल १ वजेदेखी हुने छ भने दोस्रो खेल देउराली चारकोशे सामुदायिक वन घेरावारी र कालिका सामुदायिक वन मेची नगरका विच दिउँसो ३ वजेदेखी हुने आयोजक समितिका सदस्य डम्वर घिमिरेले जानकारी दिएका छन् ।
    असोज ३० गते सम्म संचालन हुने प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख ११ हजार १ सय ११, दोस्रो हुनेलाई ७५ हजार ५ सय ५५ र तेस्रो हुने टिमलाई ४१ हजार १ सय ११ नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरीने समितिका सदस्य घिमिरेले वताएका  छन् । प्रतियोगितामा एन्फाका रेफ्री सन्तोष चौधरी खेलको मुख्य रेफ्रीका रुपमा रहेका छन् भने  सहायक रेफ्रीहरु युवराज
गिरी र नरेश लिम्वूले खेल संचालन गरीरहेका छन् । 
आयोजक समितिका अध्यक्ष सूर्यकुमार थापाको सभापतित्व रहेको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य एकराज कार्की,सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेल,  जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, शान्ती सामुदायिक वनका अध्यक्ष तुलसी खतिवडा लगायतले मन्तव्य राखेका थिए । उद्घाटन समारोहमा झापा ११ का अध्यक्ष जलकुमार गुरुङ्, जिल्ला खेलकुद समितिका अध्यक्ष शंकर थापा विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधीहरु, स्थानिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको प्रतियोगितामा मुख्य सहयोगी संस्था प्रजापति सामाजिक क्लवका अध्यक्ष दिपेश रिमालले स्वागत गरेकका थिए भने कार्यक्रमको संचालन सरोज  पौडेलले गरेका थिए ।
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर