Aamsanchar

काम एउटै, ज्याला भिन्दै

Author Image
सोमवार, असोज १५, २०७५

बिर्तामोड।

एउटै कामको फरक–फरक ज्याला र सेवासुविधा दिएर आफूहरुमाथि अन्याय भएको भन्दै नेपाल विद्युत् प्राधिकरणमा कार्यरत् मिटर रिडरले आन्दोलन शुरु गरेका छन् ।

प्रदेश नं. १मा रहेको क्षेत्रीय कार्यालय अन्तर्गत पर्ने प्राधिकरणको वितरण केन्द्रमा कार्यरत मिटर रिडरले सेवा बढाउन माग गर्दा ज्यालादारी मजदुरलाई नै दुई खाले व्यवहार गरेको भन्दै आन्दोलनको कार्यक्रम शुरु गरेका हुन् । क्षेत्रीय कार्यालय अन्तर्गत धरान, धनकुटा, तेह्रथुम, संखुवासभा लथायतका मिटर रिडरहरुको सरह सेवासुविधा आफूहरुले पाउनुपर्ने उनीहरुको माग छ ।

मिटर रिडर संघर्ष समितिका केन्द्रीय अध्यक्ष भीम रिजालले पटक–पटक यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाए पनि आफूहरुको माग सुनुवाई नभएकोले असोज १६ गतेदेखि आफ्नो माग पूरा नगरे अनिश्चितकालका लागि सेवा ठप्प पार्ने चेतावनी दिए ।

०६८ सालदेखि ०७५ भदौ १७ गतेसम्म आइपुग्दा मिटर रिडरले गोटा गन्तीमा काम गरिरहेको र आफूहरुलाई न्यूनतम् शुल्कमा काम लगाएको बताएका छन् ।
ज्यालादारीमा धरान, धनकुटा, खाँदबारी, भोजपुर, तेह्रथुम, पाँचथर, इलाम र ताप्लेजुङका वितरण केन्द्रले कर्मचारी राखे पनि भद्रपुर अनारमनी, दमक, उर्लाबारी, बेलबारी, रंगेली, इटहरी, इनरुवा, दुहवी र विराटनगर वितरण केन्द्रले गोटा गन्तीमा मिटर रिडर भइरहेको जनाइएको छ ।

Views: 219

प्रतिक्रिया (०)