बिर्तामोड।

प्राविधिक शिक्षामा सहयोग पु¥याउने उद्देश्यले बिर्तामोडमा रहेको अनारमनी प्राविलाई दुई थान कम्प्युटर प्रदान गरिएको छ ।

बिर्तामोड राउण्ड टेवल वीआरटी २७ले एक कार्यक्रमकाबीच विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । सुगम ठाउँमा रहेको विद्यालय भए पनि त्यहाँ अध्ययनरत् विद्यार्थीको पढाईमा सहयोग पु¥याउन कम्प्युटर अभाव देखिए पछि राउण्ड टेवल नेपाल अन्तर्गत रहेको बिर्तामोड राउण्ड टेवलले कम्प्युटर प्रदान गरेको बताइन्छ ।
कम्प्युटर बिर्तामोड राउण्ड टेवलका अध्यक्ष मनिष अग्रवालसहितका पदाधिकारीले विद्यालयका प्रधानाध्यापक टंक कटुवाललाई प्रदान गरेका थिए । राउण्ड टेवलले प्रदान गरेको कम्प्युटरका माध्यमबाट विद्यार्थीलाई प्राविधिक शिक्षा दिन सहयोग मिल्ने प्रधानाध्यापक कटुवालले बताएका छन् ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा राउण्ड टेवलका तर्फबाट रोशन प्रसाईं, विवेक साहेवाला, सुमित साहेवाला, सञ्जीव घिमिरे, अमित बंशल, निरज चौधरी, सुमित, मगेन, मनोज गोयल, जितेश शर्मा, मिजास पोखरेल, नवीन अग्रवाल, विवेक गुप्ता लगायतको उपस्थिति थियो । सो समारोहमा बिर्तामोड–४का वडासदस्य राहुल शर्माको समेत सहभागिता रहेको थियो । यसअघि पनि बिर्तामोड राउण्ड टेवलले सो विद्यालयमा पंखा प्रदान गरेको थियो ।

