अनिल वाग्ले / झापा ।

बेला बेला इन्धन अभावको समस्याले झस्किएका आम नेपालीमा चाडपर्वको समयमा इन्धन संकट हुने हो कि भन्ने आशंका रहिरहेका बेला नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोशिएसनका केन्द्रिय सचिव लयप्रसाद भण्डारीले कुनैपनि हालतमा इन्धन संकट नहुने बताएका छन् ।

‘चाडपर्वका बेला इन्धन संकट हुने हो कि भन्ने आशंका छ भने आम उपभोक्ता ढुक्क हुनुहोस् इन्धन संकट हुँदैन’ सचिव भण्डारीले भने ‘भारतबाट सहजरुपमा ट्यांकरहरु लोडिङ भएर आइरहेका छन्, आयातमा सहजता छ ।’
उनले सबै पम्पहरु सहज आपूर्तिका लागि तयारी अवस्थामा रहेको हुँदा चाडपर्वमा सहज रुपमा इन्धन लिन सकिने बताएका छन् । चाडपर्वका बेला इन्धन बढी खपत हुने गरेको छ ।

Views: 143

