Aamsanchar

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Author Image
बिहिवार, असोज १८, २०७५

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। उनी बिहिबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्।

प्रधानमन्त्रीलाई सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए। प्रधानमन्त्रीलाई स्वागत गर्न राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मन्त्रीहरू मातृका यादव, रवीन्द्र अधिकारी, थममाया थापा लगायत विमानस्थल पुगेका थिए।

त्यसैगरी प्रदेश ३ की प्रमुख अनुराधा कोइराला, संघीय संसदका सांसदहरू, सुरक्षा निकायका प्रमुखहरू, सत्तारुढ दल नेकपाका नेताहरू पनि विमानस्थल पुगेका थिए।

Views: 203

प्रतिक्रिया (०)