बिर्तामोड ।


झापाको बिर्तामोड नगरपालिका भित्र रहेका मन्टेश्वरीहरुलाई ब्यवस्थित गर्ने उद्धेश्यले मन्टेश्वरी कोर्ड कमिटी गठन गरिएको छ ।

बिर्तामोड नगरपालिका भित्र मात्रै २५–३० वटा मन्टेश्वरीहरु सञ्चालनमा रहेपनि एक रुपमा नहुदाँ समस्या भएको भन्दै शुक्रबार बसेको एक भेलाले भीम बस्नेतको अध्यक्षतामा ६ सदस्य समिति गठन गरिएको हो ।
समितिको सचिवमा पदम सुब्बा र कोषध्यक्षमा पूर्ण बहादुर हाङस्रुङ चयन भएका छन् । अन्य सदस्यहरुको नाम भने समितिले पूर्णता पाएपछि मात्रै सार्वजानिक गरिने सचिव सुब्बाले बताए ।

उनका अनुसार मन्टेश्वरी पद्धति मार्फत पढाउने विधि, नियम तथा सबैमा एकरुपता कायम गर्न पनि संगठन आवश्यक भएकाले समिति गठन गरिएको हो । समितिलाई केही दिन भित्रै पूर्णता दिने उनले जानकारी दिए ।
Views: 214

