Aamsanchar

पारसको अर्धशतकमा मलेसियाविरुद्ध नेपालको शानदार जीत

Author Image
शनिवार, असोज २०, २०७५

काठमाण्डौं ।

कप्तान पारस खड्काको शानदार अर्धशतकमा नेपालले आइसीसी विश्व ट्वान्टी – २० एसिया उपक्षेत्रीय छनोटमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ।

शनिबार बिहान भएको खेलमा नेपाललाई जारी प्रतियोगतामा लगातार दोस्रो जीत मिलेको हो। मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले दुई विकेट क्षतिमा ४५ बल बाँकी छदै पूरा गर्‍यो। मलेसियाले १० विकेट गुमाउँदै १०० रनमात्र बनाएको थियो।

क्वालालम्पुरमा भएको खेलमा नेपालका सन्दीप लामिछाने र सोमपाल कामीको कसिलो बलिङसामू मलेसियाका खेलाडीले खुलेर खेल्न सकेनन्। दुई खेलाडीका अलवा अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन्। नेपालका लागि कप्तान खड्काले ३७ बलमा नटआउट रहँदै ५२ रन बनाए भने उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा २७ रन बनाएर नटआउट रहे।

नेपालका लागि अनिलकुमार साह १ र विनोद भण्डारीले १२ रन बनाएर आउट भए। यी दुई विकेट मलेसियाका पवनदीप सिंह र सैयद अजिजले लिएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १०० रन बनाएको थियो। मलेसियाका लागि सफिक सरिफले सर्वाधिक ४९ रन बनाए। सैयद अजिजले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पालका लागि सन्दीप लामिछानेले ५ विकेट लिएभने सोमपाल कामीले ३ विकेट लिए। एक विकेट कप्तान पारस खड्काको नाममा रह्यो। जारी छनोट प्रतियोगितामा नेपालको यो दोस्रो खेल थियो। पहिलो खेलमा नेपालले म्यानमारलाई पराजित गरेको थियो।

नेपालले तेस्रो खेलमा थाइल्याण्ड, चौथो खेलमा भुटान,पाँचौ खेलमा चीन र छैठौँ तथा अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ।–थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर