Aamsanchar

टोल बिकासमा जुटयो उज्यालो नयाँ बस्ती

Author Image
शनिवार, असोज २०, २०७५

गोपाल अधिकारी / बिर्तामोड ।

उज्यालो नयाँ बस्ती टोल विकास संस्था विर्तामोड–५ ले सरसफाई अभियान सञ्चालनमा ल्याएको छ । गोपाल बजगाईको अध्यक्षतामा संचालित अभियानमा प्रदेश सभासद जसमाया गजमेरको प्रमुख आतिथ्य रहेको थियो ।

स्वास्थ्य सुन्दर,उज्यालो सहर,बनाउने हाम्रो रहर मुल नारा बोकेको उक्त संस्थाले १० वटा टोल नामाकरण गरी मुखिलाल बराइली, कमल थापा मगर, डम्बर बिक्रम केसी, योगप्रसाद श्रेष्ठ र प्रेम चन्द्र लिम्बुको संयोजगत्वमा टोल सरसफाई अभियान संचालन शुरु गरेको छ ।

विर्तामोडको अति डुबानको समस्या झेल्दै आएको उक्त स्थान अबका दिनमा डुबानको समस्या नरहने र प्रदेशको नजरवाट यस प्रकारका संस्थालाई सक्दो सहयोग समेत गर्ने प्रमुख अतिथि गजमेरले बताएकी थिइन् ।

विर्तामोड नगरपालिका वडा नम्बर पाँचका वडा सदस्य लक्ष्मीप्रसाद बास्कोटाले स्वागत गरेको कार्यक्रममा नयाँ उज्यालो सहकारी संस्थाकी अध्यक्ष सुस्मा पौड्याल लगायतले शुभकामना प्रकट गरेको थिए । दुई सय भन्दा बढी घरधुरी रहेको उक्त नगरमा एक सय सत्तरी भन्दा बढी घरधुरीको सक्रियताका साथ सहभागिता रहेको थियो ।

सरसफाई कार्यक्रममा विर्तामोड नगरपालिका वाट फोहोर उठाउन टयाक्टर नयाँ उज्यालो सहकारी को तर्फवाट भाडु र भोलाको व्यवस्था गरेको थियो भने विर्तामोड स्थित बीएण्डसी टिचिङ्ग अस्पताल वाट आवश्यक पञ्जा र माक्स उपलब्ध गराएको थियो संस्थाका उपाध्यक्ष खड्गबहादुर थापाले जानकारी दिए थिए । कार्यक्रमको संचालन संस्थाका सचिव नारायण पराजुलीले गरेका थिए ।

Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर