Aamsanchar

दसैँका लागी ३० करोडको फलफुल आयात हुने

Author Image
आइतवार, असोज २१, २०७५

काठमाण्डौं ।

यस वर्षको दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायी बताउँछन् ।

दशैंमा चीनबाट करिब २० करोडको स्याउ आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष काशिराम सापकोटाले जानकारी दिए । उनका अनुसार नेपालमै उत्पादन हुने स्याउले जम्मा १० प्रतिशत माग धान्ने भएकाले धेरै स्याउ चीनबाट ल्याइने गरिएको छ ।

दशैंका लागि ५०–६० टन केरा भारतबाट आउने बताइएको छ । स्याउ र केरा बाहेक सुन्तला, अंगूर, मौसम, पनि विदेशबाटै आयात हुने गरेको छ । सुन्तला भने भारतबाट धेरै भित्रिने गरेको छ । दशैंको बेला सुन्तलाको माग नहुने भएकाले करिब ४ करोडको आयात हुने संघका कोषाध्यक्ष सापकोटाले जानकारी दिए ।

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर